देश

काठमाडौं । उदयपुरमा १३ वर्षीया बालिकाको बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–७ का ३५ वर्षीय पत्थरसिंह राई छन् ।
बुधबार साँझ प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । ती बालिकालाई आफ्नै घरमा लगेर बलात्कार गरेको राईमाथि आरोप छ ।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८० १२:३२
प्रतिक्रिया दिनुहोस्