site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्यानको जीएम नियुक्ति प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै सच्याउन ७२ घण्टे अल्टिमेटम

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को जनरल म्यानेजर (जीएम) नियुक्ति त्रुटिपूर्ण रहेको भन्दै सच्याउन आवेदकले ध्यानाकर्षण गराएका छन् ।  

क्यानको जीएम आवेदक नवराज कोइरालाले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जीएम छनोटमा त्रुटि भएको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन् । उनले क्यानलाई प्रक्रिया सच्याउन ७२ घण्टाको अल्टिमेटम दिँदै त्यस अवधिसम्म नसच्चिए कानुनी उपचारका लागि अदालत जाने चेतावनी समेत दिए ।

क्यानको जीएम नियुक्तिमा भएका त्रुटिलाई सात बुँदामा समेट्दै कोइरालाले पारस पनि आबद्ध रहेको ‘बलियो नेपाल’ नामक संस्थाका व्यक्तिलाई ल्याउनु नातावाद हावी भएको दाबी गरे । कोइरालाले दाबी गरेझै पारस बलियो नेपालका संस्थापक सदस्य हुन् । 

Dabur Nepal
NIC Asia

क्यानले पुस २३ गते जीएममा बलियो नेपालका पूर्वकार्यक्रम संयोजक उत्सव ढुंगानालाई नियुक्त गरेको थियो । बलियो नेपालका फ्रन्ट डेस्क अफिसर सक्षम ढुंगानाका अनुसार उत्सवले गत जुलाईमा संस्था छोडेका थिए । 

कोइरालाले जीएम नियुक्तिको प्रक्रिया गलत रहेको भन्दै असन्तुष्ट व्यक्तिले करिअरको डरमा बोल्न नचाहेको बाह्रखरीलाई बताए । 

“मलाई पहिलो चरणबाट नै फालियो । मसँगै माछापुछ्रे बैंकका पूर्वसीईओ समेत रहेका व्यक्तिलाई पनि पहिलो चरणबाटै फालियो,” कोइरालाले बाह्रखरीसँग भने, “जीएमका लागि अन्तर्वार्तामा बोलाइएको १४ जनामध्येका १०–१२ जना प्रक्रियामा असन्तुष्ट हुनुहुन्छ । उहाँहरू आफ्नो करिअरमा असर पर्ने डरले सार्वजनिक हुन चाहनुभएन । उहाँहरू सबैको प्रतिनिधित्व गर्दै यो त्रुटिको आवाज मैले उठाएको हुँ ।”

यसबारे बुझ्न खोज्दा सचिव खड्काले भने फोन उठाएनन् ।

क्यानको जीएम छनोट प्रकृयामा देखिएको यो पहिलो विवाद भने होइन । यसअघि क्यानकै केन्द्रीय कार्यसमिति सदस्य तथा पूर्वकार्यवाहक सचिव दुर्गाराज पाठकले पनि जीएम नियुक्तिमा व्यक्तिगत स्वार्थ देखिएको दाबी गरेका थिए ।

यस्ता छन् दाबी गरिएका सात त्रुटि 
१. शनिबारको दिन सरकारी संस्था क्यानको जेनेरल म्यानेजरको पदको अन्तर्वार्ता एउटा लाजिम्पटको होटेलमा किन, क्यानको कार्यालय छैन ? कार्यालय खुल्ने दिन किन नलिएको ?

२. जेनेरल म्यानेजरलाई लिखितमा सोधेको प्रश्नको लेभल जुनिएर स्टाफलाई सोध्ने जस्तो थियो जुन प्रश्नबाट जीएम कसरी छनोट हुन्छ ? ४ जनवरी २०२४ अफिस समय सकिएपपछि ५ बजेदेखि ६ बजेसम्म किन लिखित परीक्षा गरियो ?

३. क्यानका सचिवले जीएमको सर्टलिस्ट क्यान्डिडेटको नामावली पत्रिका अथवा सूचना पार्टीमा किन पब्लिस नगरेर इमेलमार्फत क्यान्डिडेटलाई मात्र जानकारी गराएको ?

४. ५ जनवरी २०२४ मा साँझ ७ बजे इमेल गरेर भोलिपल्ट बिहान ११ बजे नै प्रिजेन्टेसन् र अन्तर्वार्ता छ भनेर इमेलमार्फत किन छोटो समय दिइयो जसमा जीएम क्यान्डिडेटले रातभरीमा कस्तो प्रिजेन्टेसन गर्न सक्छन् ?
५. बलियो नेपालको संस्थापकमा रहेको क्यानका सचिव पारस खड्का र त्यस संस्थाका आबद्ध व्यक्तिलाई नै किन जेनेरल म्यानेजर छनोट गरियो के यो नातावाद हो ?

६. अब नयाँ परीक्षा लोकसेवालाई अनुरोध गरेर लिनुपर्ने कुरा सम्मानीय प्रधानमन्त्रीज्यू, खेलकुद मन्त्रालय, खेलकुद विभाग र सम्पूर्ण खेलप्रेमी नेपाली महानुभावमा अनुरोध गर्दछु ।

७. क्यान भन्ने संस्था कसैको निजी कम्पनी नभएकाले समग्र नेपालको क्रिकेट खेलको विकासका लागि राम्रो नेतृत्व आउनु पर्छ भन्ने हो र यदि ७२ घण्टाभित्र जेनेरल म्यानेजरको छनोट प्रक्रियामा भएको त्रुटि सुधार नगरे हामी क्यान्डिडेटहरू सर्वोच्च अदालतमा गएर क्यानका सचिव पारस खड्का र क्यानलाई जेनेरल म्यानेजर छनोट प्रक्रियाविरुद्ध मुद्दा हाल्ने छौँ ।

press-1704884317.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro