site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘फोन पे’को क्यूआरबाट भुक्तानी नहुने समस्या समाधान

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोन पेको क्यूआर भुक्तानीमा देखिएको समस्या समाधान भएको छ । बुधबार बिहानदेखि फोन पेको क्यूआर कोडमार्फत भुक्तानी गर्न खोज्दा भुक्तानी नहुने समस्या देखिएको थियो ।

दिउँसो करिब १ बजेतिर उक्त समस्या समाधान भएको हो । फोन पेको क्यूआर प्रयोग गरी विभिन्न बैंकमार्फत भुक्तानी गर्न खोज्दा भुक्तानी नहुने समस्या देखिएको थियो ।

Dabur Nepal
NIC Asia

समस्या थाहा हुने बित्तिकै प्राविधिक टिमले काम थालेको र अहिले समाधान भइसकेको फोन पेका चिफ अपरेटिङ अफिसर (सीओओ) पारस कुँवरले बताए ।

क्यूआर स्क्यान गर्दा फोन पेसँग हुनुपर्ने सम्पर्क स्थापित हुन नसकेर भुक्तानी नहुने समस्या देखिएको थियो । फोन नम्बर हानेर हुने भुक्तानी र वालेटहरूमा रहेको फोन पेको क्यूआरमार्फत हुने भुक्तानीमा भने समस्या आएको थिएन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro