site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ नपाएको हिमालयन एयरलाइन्सको गुनासो

काठमाडौं । हिमालयन एयरलाइन्सले ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ नपाएको गुनासो गरेको छ ।

कम्पनीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष विजय श्रेष्ठले कानुनले दिएको अधिकार उपयोग गर्न नपाएको गुनासो गरे ।

हिमालयन एयरलाइन्सले एक वर्ष पहिले नै सेल्फ ह्यान्डलिङ पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । तर, सुनुवाइ भने भएको छैन।

“हामीले ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ मा कानुनले दिएको अधिकार पनि पाएका छैनौँ । नेपालकै संविधानभित्र बसेर आफ्ना अधिकार पाउने प्रयत्नलाई अगाडि बढाइरहेका छौँ,” श्रेष्ठले भने ।

आईओएसएबाट प्रमाणीकरण
हिमालयन एयरलाइन्स आईएटीए अपरेसनल सेफ्टी अडिट प्रोग्राम (आईओएसए)बाट प्रमाणीकरण भएको छ । आईओएसएबाट प्रमाणीकरण हुने पहिलो नेपाली वायुसेवा कम्पनी हिमालयन एयरलाइन्स बनेको छ ।

नेपालको उड्डयन उद्योगमा कोसेढुंगा भएको र उड्डयन उद्योगमा सकारात्मक परिवर्तनको संकेत गरेको उपाध्यक्ष श्रेष्ठले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro