site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाएरै छाड्छौँ : कुलमान
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाएरै छाड्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको मंगलबारको बैठकमा उनले सो बक्यौता उठाउन आफूहरूलाई निर्देशन दिइएको जानकारी दिए ।

“हामीलाई सबै पक्षबाट डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन निर्देशन आएको छ, हामी उठाएरै छाड्छौँ,” उनले भने, “हामीलाई निर्देशन आएअनुसार नै काम गर्ने हो ।”

सो विषयमा धेरै उद्योगी अदालत गए पनि प्राधिकरणको पक्षमा फैसला भएको उनले बताए ।

“२३/२४ वटा उद्योगको लाइन काटिएको छ,” उनले भने, “अदालतले पनि प्रस्ट भनेको छ, छुटेको बिल जुनसुकै बेला काट्न मिल्छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro