site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली युवा टिमले चीनको क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्ने 

काठमाडौं । नेपाली राष्ट्रिय युवा फुटबल टोलीले चीनको किङरघाई फुटबल क्लबको यू–२१ टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले सामाजिक सञ्जाल फेसबुकमार्फत मैत्रीपूर्ण खेलबारे जानकारी गराएको हो ।

नेपालमा रहेको चिनियाँ राजदूत, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा माघ २७ गते शनिबार दशरथ रंगशालामा दुई टोलीबीच मैत्रीपूर्ण फुटबल हुने छ ।

उक्त खेल चीनियाँ नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको एन्फाले जनाएको छ । प्रतियोगिताको सहआयोजकमा एन्फा र नेपाल ओभरसिज चिनियाँ संघ छन् ।

खेल दिउँसो ३ बजे सुरु हुने छ । खेलअघिको उद्घाटन समारोहमा विशेष कार्यक्रम हुने छ । यस्तै, पहिलो हाफको अन्तरालपछि पनि केही प्रस्तुतिहरू समावेश हुने एन्फाले जनाएको छ ।

आयोजकले साधारण प्याराफिटतर्फ ३०० र भीआईपी प्याराफिटतर्फ ५०० रुपैयाँ टिकट मूल्य तोकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  २०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro