site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘विवाहेतर सम्बन्धका कारण’ चितवनमा दुईजनाको हत्या
Sarbottam CementSarbottam Cement

काठमाडौं । चितवनमा भेटिएका दुई शवको पहिचान भएको छ । दुवै शव भारतीय नागरिकको रहेको प्रहरीले जनाएको छ ।

गएको मंसिर ६ गते भरतपुर महानगरपालिका–१२, मिलनचोकको कल्भर्टमुनि बोरामा हातखुट्टा बाँधेर फालिएको अवस्थामा शव भेटिएको थियो । उनीहरूको हत्या भारतीय नागरिकले नै गरेको खुलेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी किरण बज्राचार्यले बाह्रखरीलाई बताइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

हत्या विवाहेतर सम्बन्धका कारण भएको खुलेको छ । मृतक महिलाका श्रीमान्ले नै उनीहरूको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

भारतको मोतिहारीका उनीहरू चितवनकै भरतपुरमा व्यापार गरेर बसेका थिए । शवको पहिचान नखुलेकाले यसअघि प्रहरीले हुलिया र स्केच सार्वजनिक गरेको थियो ।

Global Ime bank

जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान गर्न सीआईबीको सहयोग मागेको थियो । त्यसपछि सीआईबीको टोली चितवन गएको थियो । घटनाको थप विषय चितवन प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement