site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
के छ गगनको लिखित फरक मतमा ?
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि नेपाली कांग्रेसको उमेदवार छनोटप्रति महामन्त्री गगन थापाले फरक मत राखेका छन् । उमेदवार छनोटप्रति असन्तुष्ट गगनले लिखित रूपमै फरक मत राखेका हुन् । 

राष्ट्रियसभामा जाति, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरिए पनि उमेदवार छनोटमा त्यसो हुन नसकेको उनले बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“हाम्रो संविधानले राष्ट्रियसभामा खासगरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेका जाति, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ,” उनले असहमतिमा भनेका छन्, “यसैगरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पुस १२–१४ गतेसम्म बसेको बैठकले राष्ट्रियसभाको उमेदवार चयन सम्बन्धमा हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिनेलगायतको मापदण्ड तय गरेको थियो । तर संसदीय बोर्डको आजको बैठकले उम्मेदवारको चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्‍याउन सकेन ।”

यी हुन् कांग्रेसले चयन गरेका राष्ट्रियसभाका दश उमेदवार

Global Ime bank

सबै तह र तप्काबाट समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एकपटक खण्डित गरिएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । 

“यो निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखिकन निर्णय हुन्छ, सबै तह र तप्काका साथीहरूलाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एकपटक खण्डित गरेको छ,” उनको  लिखित असहातिमा उल्लेख छ, “यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ ।”

पार्टीको निर्णयप्रति असहमति रहे पनि बहुमतले गरेको निर्णय कार्यान्वयनमा आफ्नो पूर्ण संलग्नता रहने पनि उनले स्पष्ट पारेका छन् । 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ०७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC