site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक बस्दै

काठमाडौं । उपनिर्वाचनअन्तर्गत इलाम–२ को मतगणना गर्नका लागि बिहान ७ बजे सर्वदलीय बैठक बस्दै छ । सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

उनका अनुसार सबै राजनीतिक दलका उमेदवारसहित सरोकारवालालाई सर्वदलीय बैठकका लागि बोलाइएको छ । "बैठकपछि सबै प्रक्रिया पुरा गरेर मतगणना सुरु हुनेछ," उनले भने ।

Dabur Nepal
NIC Asia

सर्वदलीय बैठक बसेर इलाम नगरपालिका–७ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना सुरु गरिएको हो । सो सिटी हलका दुई स्थानमा मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

हिजो (शनिबार) पनि सर्वदलीय बैठक बसेको थियो । सो बैठकले आज बिहान ७ बजेदेखि मतगणना सुरु गरिने भने पनि पुनः बैठक बसेर मात्र मतगणना गर्न लागिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।

इलाम–२ उपनिर्वाचनमा कुल मत ६९ हजार ४२१ मत खसेको थियो । मुख्य निर्वाचन आधिकृत घिमिरेले बाह्रखरीलाई दिएको जानकारीअनुसार उक्त मत खसेको तथ्यांक निर्वाचन आयोगले निकालेको छ । "६९ हजार ४२१ मत खसेको विवरण हामीले निकालेका छौँ," उनले भने ।

हृदयघातका कारण संविधानसभा अध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङको निधनपश्चात् उपनिर्वाचन भएको हो ।

 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro