site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभामा कोसीबाट को–को बने उमेदवार ?

विराटनगर । प्रमुख राजनीतिक दलले कोसी प्रदेशमा राष्ट्रियसभाका उमेदवार टुंगो लगाएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उमेदवार टुंङ्ग्याएका हुन् ।

माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनमा कोसी प्रदेशमा दुई सिटमा निर्वाचन हुँदै छ । 

Argakhachi Cement Island Ad

नेपाली कांग्रेसबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला उमेदवार बनेका छन् । कांग्रेस संसदीय बोर्डको आइतबार साँझ बसेको बैठकले सिटौलालाई उमेदवार बनाउने निर्णय गरेको हो ।

एमालेबाट भोजपुरका परशुराम अधिकारी र सुनसरीकी रुकमणि कोइराला उमेदवार बन्ने भएका छन् । कांग्रेसका रमेशजंग रायामाझी र माओवादीकी बिना पोखरेलको कार्यकाल सकिएर रिक्त हुने पदमा निर्वाचन हुन लागेको हो । उनीहरूको पदावधि फागुन २० मा पूरा हुँदै छ । 

माओवादी केन्द्रबाट चम्पादेवी कार्की उमेदवार बन्ने भएकी छन् । माओवादी केन्द्रको आइतबार बसेको पदाधिकारी बैठकले कार्कीलाई उमेदवार बनाउने निर्णय गरेको हो । ओखलढुंगा घर भएकी कार्की जनयुद्धकालदेखि नै माओवादी पार्टीमा सक्रिय छिन् ।

राप्रपाले कोसीमा उद्धव पौडेललाई उमेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको पार्टी बैठकले कोसीमा थापालाई उमेदवार बनाउने निर्णय गरेको हो ।

निर्वाचनमा प्रदेशसभाका ९३ सांसद, १३७ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता छन् । 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  २२:४७
प्रतिक्रिया दिनुहोस्