राजनीति
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । राष्ट्रियसभा सदस्यको उमेदवार टुंगो लगाउन बैठक बोलाएका हुन् ।
बैठक केही बेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने माओवादी केन्द्रका कोषाध्यक्ष एव मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
राष्ट्रियसभा निर्वाचनका विषयमा सत्ता गठबन्धनभित्र भागबन्डाबारे सहमति भइसकेको छ । भागबन्डाअनुसार माओवादी केन्द्रले ६ सिट पाएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २२, २०८० ११:५६
प्रतिक्रिया दिनुहोस्