काठमाडौं । संयुक्त राष्ट्रसंघका मानवीय मामिलासम्बन्धी उपमहासचिव मार्टिन ग्रिफिथ्सले गाजामा जारी युद्ध अन्त्य गर्न आह्वान गरेका छन् ।
अक्टोबर ७ मा प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक समूह (हमास)ले इजरायलको दक्षिणी सिमानामा गरेको भयानक आक्रमणको तीन महिनासम्म पनि गाजा मृत्यु र निराशाको थलो बनेको उनले बताएका छन् ।
“हामी गाजाका जनता र यसका खतरामा परेका छिमेकीहरूका लागि मात्र होइन । भावी पुस्ताका लागि पनि युद्धको तत्काल अन्त्यको माग गर्दछौँ,” उनले भनेका छन्, “युद्धले यी ९० दिनको कहालिलाग्दो हिंसा र मानवतासम्बन्धी सबैभन्दा आधारभूत नियमहरूमाथिको आक्रमणलाई कहिल्यै बिर्सने छैनन् ।”
युद्धरत पक्षहरूले नागरिकको सुरक्षा र आधारभूत आवश्यकता पूरा गर्न र सबै बन्धकलाई रिहा गर्ने अन्तर्राष्ट्रिय कानुन पालना गर्न पनि उनले आग्रह गरेका छन् ।
युद्धभएको करिब तीन महिना बितिसक्दा पनि गाजाको मानवीय अवस्था दयनीय छ । अधिकांश महिला र बालबालिकासहित करिब २३ हजार मानिस मारिएका छन् । दशौँ हजार व्यक्ति घाइते भएका छन् । लाखौँ व्यक्ति यद्धका कारण विस्थापित र प्रभावित भएका छन् । रासस/एएफपी