site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आगे यहाँको मर्जी !
Tiktok banner adTiktok banner ad

एउटा युवा
रोजीरोटीका लागि
केही समय
यो देश छोड्न चाहन्थ्यो
आफ्नै पाखुरीको बलबुतामा
दश नंग्रा खियाएर
आफू हुर्केको झुपडीमा लागेको
गरिबीको जालो तोड्न चाहन्थ्यो ।

आमाबुबाको मुहारमा
थोरै भए पनि
खुसी भर्न चाहन्थ्यो
परिवारका कठ्यांग्रिएका सपनाहरूमा
आशाका न्यानो किरण छर्न चाहन्थ्यो
साथीभाइ, इष्टमित्रहरूका
आशा, अपेक्षाहरूमा
समृद्धिको दरिलो साथ भर्न चाहन्थ्यो
यो देशमा आफ्नो भविष्य खोज्दै
अन्योलताको कालो बादलभित्र
अन्धकारमा रुमल्लिएका युवाहरूका लागि
चाँदीको घेरा बन्न चाहन्थ्यो ।

आफ्नो मातृभूमिलाई
आफ्नै मिहिनेत र पसिनाले
सिञ्चित गर्न नपाए पनि
पराया मुलुकमा कष्ट सहेरै किन नहोस्,
प्राणभन्दा प्यारो देशलाई
समृद्ध नेपाल बनाउन चाहन्थ्यो
आफ्नो बलबुताले भ्याएसम्म
सुखी नेपाली बन्न, बनाउन चाहन्थ्यो ।

सायद एउटा युवाले राखेको
यही सदिच्छा
तपाईंका लागि
तपाईं र तपाईंले बसाएको
थितिविरुद्धको
जघन्य कसुर बन्यो
त्यही कसुरबापत
संविधानले पूर्ण रूपमा निषेध गरेको
मृत्युदण्डको सजाय
अघोषित रूपमा
बिनाकसुर भोग्दै
एउटा अमूल्य रत्न
यही माटोमा
गर्ल्याम्म ढल्यो
कहिल्यै नउठ्ने गरी, 
फेरि आमाको काखमा 
कहिल्यै नपुग्ने गरी
सरकार, आगे यहाँको मर्जी !

(कालिगण्डकी, स्याङ्जा) 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  ०६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro