site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन विधेयकमाथि छलफल सुरु

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल प्रारम्भ भएको छ । शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा प्रतिनिधिसभाअन्तर्गतको समितिमा सो विधेयकमाथि प्रारम्भिक छलफल सुरु गरिएको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले सो विधेयकमा सकेसम्म सर्वसम्मतिमा जोड दिइएको बताए । उनले संवैधानिक नियुक्तिमा विगतमा देखिएका बेथिति र समस्या निवारण गर्न संशोधन विधेयक ल्याइएको पनि बताए ।

आउँदो आइतबारदेखि राज्य व्यवस्था समितिमा विधेयकमाथि दफावार छलफल गरिनेछ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ११:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro