site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कोसीका उद्योगीको प्रश्न : विद्युत् काटेर उद्योग बन्द हुँदा जिम्मा कसले लिने ?

विराटनगर । डेडिकेटेड र ट्रंक लाइन विद्युत् महसुलको विषयलाई लिएर कोसी प्रदेशका मुख्य औद्योगिक तथा व्यावसायिक संस्थाले सरकारको ध्यानाकर्षण गरेका छन् । 

नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूको उत्पादन नै ठप्प हुनेगरी विद्युत् लाइन कटौती गर्दा त्यसको नकारात्मक असर पुगेको भन्दै औद्योगिक संस्थाले आफूहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

Dabur Nepal
NIC Asia

उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ कोसी र मोरङ व्यापार संघले संयुक्त विज्ञप्ति प्रकाशित गरी “उद्योगहरूमा विद्युत् आपूर्ति काटिँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूमा कस्तो सन्देश जाला ? उत्पादन ठप्प हुदाँ रोजगारी, राजस्व तथा बैंक ब्याज भुक्तानी, बजार श्रृंखलालगायत क्षेत्रमा पर्ने प्रभावको जिम्मेवारी कसले लिने ?” भन्दै प्रश्न गरेका छन् । 

यतिका दिनसम्म औद्योगिक कलकारखाना बन्द भइ उत्पादन प्रभावित भइरहदा समेत सरकारले समस्याको गम्भीर्यतालाई आत्मसात गरी न्यायोचित समाधानका लागि अविलम्ब पहल गर्न माग गरिएको छ । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने पक्षमा आफूहरू रहेको बताए ।

“डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलका सम्बन्धमा लामो समयदेखि नेपाल विद्युत् प्राधिकरण र प्रभावित उद्योगीहरूबीच हुँदै आएको रस्साकस्सी  र आ–आफ्नो अडानका कारण पेचिलो बनेको यो विषयलाई न्यायोचित समाधान खोजिनु पर्दछ भन्ने हाम्रो माग छ” विज्ञप्तिमा भनिएको छ ।

विद्युत् आपूर्ति कटौती गरी उद्योग कलकारखाना बन्द गर्दा सिर्जना हुने थप जटिलतालाई आत्मसात गर्दै हाल उद्योगहरूमा काटिएको विद्युत् आपूर्तिलाई अविलम्ब सूचारु गरी त्रिपक्षीय सरोकारवालाहरू, नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्र समेतको समन्वयमा विवादित विषयलाई न्यायोचित निरुपण गर्नुपर्ने भनिएको छ । 

“निजी क्षेत्रले समेत न्याय अनुभूति गर्नेगरी तत्काल ठोस कदम चाल्न नेपाल सरकार तथा सम्बन्ध सबै सरोकारवालाहरूमा जोडदार माग गर्दछौँ” विज्ञप्तिमा उल्लेख छ । 

विद्युत् महसुल नबुझाएको जनाउँदै प्राधिकरणले सुनसरी–मोरङ औद्योगिक करिडोरको रिलायन्स स्पिनिङ मिल्स र बाबा जुट मिल्सको लाइन काटिदिएको थियो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro