site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभामा एमालेले माग्यो ६ सिट, प्रतिपक्षलाई सिट दिन नहुने अडानमा माधव नेपाल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ चार दलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी नेकपा (एमाले)ले राष्ट्रियसभा ६ सिट मागेको ब्रिफिङ गरेका छन् । 

आज बिहान बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी (जसपा) का शीर्ष नेताहरूबीचको बैठकमा एमालेको प्रस्तावबारे प्रचण्डले जानकारी गराएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

बुधबार पनि गठबन्धनको चार दलको बैठक बसेको थियो । त्यसपछि प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । सो भेटमा ओलीले राखेको प्रस्तावबारे प्रचण्डले ब्रिफिङ गरे । 

एमालेको प्रस्तावमा एकीकृत समाजवादीले आक्रोश पोखेका छन् । उनले एमालेलाई सिट दिन नहुने अडान राखेका छन् । बैठकमा सहभागी नेताका अनुसार प्रतिपक्षी एमाले सरकारमा नै सामेल नभएको भन्दै नेपालले आक्रोश पोखेका छन् । सहमति हुन नसकेपछि बैठक फेरि बस्नेगरी नेताहरू उठेका हुन् । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उमेदवारी मनोनयन हुँदैछ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement