site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फ्रेन्च च्याम्पियन्स ट्रफीको उपाधि पीएसजीलाई 

काठमाडौं । फाइनलमा टोउलोसविरुद्ध २–० को जित निकाल्दै पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ ।

बुधबार घरेलु मैदान पार्क डेस प्रिन्सेसमा पीएसजीलाई जित दिलाउन ली काङ–इन र काइलियन एमबाप्पेले गोल गरे । पीएसजीले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

Dabur Nepal
NIC Asia

खेलको तेस्रो मिनेटमा नै काङ–इनले गोल गर्दै पीएसजीलाई अग्रतामा राखेका थिए । पहिलो हाफ हुनुभन्दा एक मिनेटअघि एमबाप्पेले गोल गर्दै घरेलु टिमको अग्रता दोब्बर पारे । खेलमा थप गोल भएन र पीएसजीले २–० को जितसहित उपाधि उचाल्यो ।

लिग वानको शीर्ष स्थानमा आसीन पीएसजीले अब सोमबार फ्रेन्च कपको अन्तिम–६४ मा रेवेलविरुद्ध खेल्नेछ । त्यसपछि लुइस एनरिकेको टिमले जनवरी १५ मा लिग वानअन्तर्गत लेन्सविरुद्ध खेल्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १०:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro