site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सरकारले ठोस निकास नदिएसम्म सडकबाट फर्किनेवाला छैनौँ (भिडियोवार्ता)

काठमाडौं । शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग राखेर देशभरका शिक्षक यतिखेर काठमाडौंमा सडक आन्दोलनमा छन् । 

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलको चरणमा रहेको विद्यालय शिक्षा विधेयकलाई ऐनको रूप दिनुपर्ने उनीहरूको माग छ ।

संसद् अधिवेशन यही चैत १९ गते अन्त्य भएको छ  । सरकारले विशेष अधिवेशन डाकेर वा अध्यादेश ल्याएर भए पनि शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको तर्क छ ।

सरकारले ठोस निकास नदिएसम्म सडकबाट नफर्किने शिक्षकको अडान छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ताका निम्ति आह्वान गरेकोमा अहिले वार्तामा बस्नुको औचित्य नरहेको शिक्षक संघ–संगठनले बताइरहेका छन् ।

यो अवस्थामा शिक्षक आन्दोलन किन त ? शिक्षा ऐन जारी नहुँदा के–कस्ता व्यावहारिक र नीतिगत कठिनाइ झेलिरहनुपरेको छ त ? यी विविध विषयबारे बाह्रखरीले नेपाल राहत शिक्षक संघका अध्यक्ष नवीनसिंह धामीसँग कुराकानी गरेको छ । प्रस्तुत छ, सोही कुराकानीको भिडियो सामग्री 

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro