site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भारतीय विदेशमन्त्री जयशंकर भोलि काठमाडौं आउने
फाइल तस्बिर ।

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार काठमाडौं आउने भएका छन् ।

परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको औपचारिक घोषणा गरेको हो । 

Dabur Nepal
NIC Asia

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी काठमाडौं आउन लागेका हुन् । बैठक पुस १९ र २० गते काठमाडौंमा बस्नेछ । 

परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेश मन्त्री जयशंकरले बैठकमा आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । 

“संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्धको समग्र अवस्था र आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा गर्नेछ,” परराष्ट्रले विज्ञप्तिमा भनेको छ ।

नेपाल भ्रमणका क्रममा भारतका विदेशमन्त्रीले जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गर्नेछन् । भारतका विदेशमन्त्री जयशंकर शुक्रबार भारत फर्कनेछन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro