site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भ्रष्टाचारमा मुछिएका स्वास्थ्यमन्त्री बस्नेतलाई पदबाट हटाउनुपर्छ : तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदबाट हटाउनुपर्ने बताएकी छन् । स्वास्थ्यमन्त्रीले हुँदै नभएको आधारभूत अस्पतालहरूको सामान खरिद प्रकरणमा करोडौँको चलखेल गरिरहेको कार्कीको आरोप छ । 

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा सांसद कार्कीले अस्पतालहरूमा आवश्यक दरबन्दी थप्न नचाहने तर हुँदै नभएका अस्पतालहरूमा पनि उपकरण खरिदको नाममा सेटिङमा कमिसन खान खोजेको बताइन् । उनले मन्त्री बस्नेतबाट स्पष्टीकरण लिएर पदबाट हटाउनका लागि प्रधानमन्त्रीलाई सुझाव दिन समितिसँग माग गरिन् ।

Argakhachi Cement Island Ad

"हाम्रो माननीय स्वास्थ्यमन्त्री मोहन बस्नेत २०७४ मा स्वास्थ्यमन्त्री हुँदा टेरामक्स प्रविधि ल्याउने प्रक्रियामा खरिदबिक्री प्रक्रियामा तीन अर्बसम्म भ्रष्टाचार भएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्ष निकालेर यो मुद्दा चलाउने भएको छ । २०७४ सालमा भएको यो घटना, यसरी मुद्दा चलिरहेको र भ्रष्टाचारको अभियोगमा परेका व्यक्तिलाई सर्वप्रथम त किन यो स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइयो ?," उजले भनिन् ।

बस्नेत मन्त्री भएको सात महिना नाघेको बताउँदै उनले भनिन्, "उहाँले गर्नु भएको मनोमानीहरू, गतिविधिहरू र अनैतिक कामहरूको सूची निकै लामो छ ।

 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्