site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्वोच्चले माग्यो रायमाझी र पाण्डेलाई थुनामा पठाउने आदेशको ‘कैफियत प्रतिवेदन’  

काठमाडौं । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझी र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई थुनामा राख्ने आदेशको कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ । 

आफूहरूलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउने भन्ने उच्च अदालत पाटनको आदेशविरुद्ध रायमाझी र पाण्डेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । उक्त निवेदनको प्रारम्भिक सुनुवाइमा न्यायाधीश कुमार रेग्मीको इजलासले सोमबार रायमाझी र पाण्डेलाई थुनामा राख्ने आदेशको ‘कैफियत प्रतिवेदन’ झिकाउने आदेश गरेको हो । 

न्यायाधीशले कुनैपनि मुद्दामा दिएको आदेश र त्यसमा लिइएको आधार र कारण खुलाइएको विस्तृत विवरणपत्रलाई ‘कैफियत प्रतिवेदन’ भनिन्छ । 

नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्री रायमाझी र तत्कालीन गृहसचिव पाण्डेसहितका प्रतिवादीलाई जिल्ला अदालत काठमाडौंले थुनामा राख्ने आदेश गरेको थियो । उच्च अदालत पाटनले जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाएका मध्ये केहीलाई साधारण तारिख तथा केहीलाई धरौटीमा रिहा गर्ने आदेश दिए पनि रायमाझी र पाण्डेसहित केहीको हकमा जिल्ला अदालतको आदेशलाई सदर गरिदिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro