site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
युवाको आक्रोशको फाइदा उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल भइरहेको छ : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवाहरूको आक्रोशको फाइदा उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल भइरहेको बताएका छन् । 

सोमबार सिंहदरबारमा बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै केसीले बालकुमारी घटनालाई सामान्य रूपमा लिन नहुने जिकिर गरे । उनले विदेशमा नोकरी गर्न जान पाइएन भनेर ३० हजार बढी युवाहरू राज्यकाविरुद्ध आक्रोशमा आउनु ठूलो घटना भएको बताए । 

केसीले भने, “जुन घटना भएको छ, यसलाई हामीले फुटकर रूपमा लिएर छलफल गरिरहेका छौँ । मूलकुरा के हो भने हामीले गणतन्त्र, लोकतन्त्र ल्यायौँ, देशलाई औद्योगिकरण गर्न सकेनौँ । त्यसकारणले रोजगारीका लागि लाखौँलाख नेपाली युवाहरू विदेश जानुप¥यो । कुन चाहीँ मन्त्रीले गल्ती गर्‍यो भन्दा पनि हामीले जुन लोकतन्त्र र गणतन्त्र ल्यायौँ । नेपाली जनताले ठूलो आश गरेका थिए । अब अहिले विदेशमा नोकरी गर्न जान पाइएन भनेर ३० हजार बढी युवाहरू राज्यकाविरुद्ध आक्रोशमा आउनु यो ठूलो घटना हो ।” 

सांसद केसीले लोकतन्त्र र गणतन्त्र ल्याएर जनतालाई के दियौँ भन्नेबारेमा समीक्षा गर्न जरुरी रहेको बताए ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro