site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आर्सनलले शीर्ष स्थानमा पुग्ने अवसर गुमायो 

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा फुलहमसँग २–१ ले पराजित भएपछि आर्सनलले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । आइतबार राति क्राभेन कटेजमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउन राउल जिमेनेज र बोबी डेकोर्डोभा–रेइडले गोल गरे । खेलमा सुरुआती अग्रता भने आर्सनलले बनाएको थियो । 

पाँचौं मिनेटमा बुकायो साकाले गोल गर्दै पाहुना टिमलाई अग्रतामा राखेका थिए । तर, आर्सनलको यो अग्रता लामो समयसम्म टिक्न सकेन । २९औं मिनेटमा जिमेनेजले गोल गर्दै घरेलु टिमलाई खेलमा फर्काए । 

Dabur Nepal
NIC Asia

५९औं मिनेटमा रेइडले गरेको गोल निर्णायक बनेपछि फुलहमले २–१ को जित सुनिश्चित गर्यो । 

जारी सिजनको लिगमा फुलहमको यो सातौं जित हो । २० खेलबाट २४ अंक जोडेको फुलहम तालिकाको १३औं स्थानमा छ । 

फुलहमसँगको हारले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको आर्सनल भने तालिकाको चौथो स्थानम झरेको छ । २० खेलबाट ४० अंक जोडेको आर्सनल शीर्ष स्थानको लिभरपुलभन्दा दुई अंकले पछि छ । तर, आर्सनलभन्दा एक खेल कम खेलेको लिभरपुल ४२ अंकसहित शीर्ष स्थानमा छ । 

लिगमा शनिबार नै भएको अर्को खेलमा टोटनहमले बर्नमाउथविरुद्ध ३–१ को सहज जित निकालेको छ । जितसँगै २० खेलबाट ३९ अंक जोडेको टोटनहम तालिकाको पाँचौं स्थानमा छ । १९ खेलबाट २५ अंक जोडेको बर्नमाउथ तालिकाको १२औं स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro