site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै देशको समृद्धि निर्भर : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधीनता र समृद्धि निर्भर हुने बताएका छन् । आइतबार काठमाडौंको टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सव–२०८० मा उनले यस्तो बताएका हुन् ।

उनले नेपालका मौलिक चाडपर्वले नेपालीका बीचमा सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउने बताए । देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित संघीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको उनले उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले ल्होसारलगायत सबै सांस्कृतिक पर्वलाई राष्ट्रिय संस्कृतिका रूपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले विभिन्न जाति, समुदायका धार्मिक–सांस्कृतिक आस्थालाई सम्मान गर्दै सभ्यता, भाषा, कला, संस्कृति, वेशभूषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको पनि बताए ।

राष्ट्रिय एकतासहितको समृद्धिको लक्ष्य प्राप्त गर्नु राष्ट्रिय कार्यभार भएको पनि उनले बताए । उनले नेपाल पूर्व, पश्चिम, उत्तर र दक्षिणको प्रमुख सभ्यताको संगमस्थल भएको उल्लेख गरे ।

सबै जाति, जनजातिको आ–आफ्नो परम्परा, रीतिरिवाज र संस्कृति रहेको र त्यसको एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति भएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले टुँडिखेलमा तमु ल्होसार मनाएकालाई साँझमा कुनै अवरोध नगर्न सुरक्षा निकायलाई निर्देशन समेत दिए । उनले कार्यक्रमलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro