site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल ‘माइनमुक्त’ घोषणापछि २१ जनाले गुमाए ज्यान
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नेपाल ‘माइनमुक्त’ घोषणा गरिएको १२ वर्षपछिसम्म पनि त्यसकै कारण मानिसले ज्यान गुमाउँदै छन् ।

द्वन्द्वको अवशेषका रूपमा रहेको विस्फोटक पदार्थ माइनका कारण ०६८ सालयता मात्र २१ जनाको मृत्यु भएको हो । यो अवधिमा माइनका कारण १०४ जना घाइते भएका छन् ।

बारुदी सुरुङ प्रतिबन्ध अभियान नेपालका संयोजक पूर्णशोभा चित्रकारले पत्रकार सम्मेलनमार्फत यो तथ्यांक सार्वजनिक गरेकी हुन् । ०५२ सालदेखि ०६२ सम्म माओवादी द्वन्द्वको अवधिमा माइनका कारण ५२९ जनाको मृत्यु भएको चित्रकारले बताइन् ।

०६८ सालमा सरकारले नेपाल माइनमुक्त घोषणा गरेको थियो । त्यसयता विभिन्न जिल्लामा द्वन्द्वकालकै विस्फोटक पदार्थ विस्फोट हुँदा मानिसको ज्यान जाने गरेको विवरण उनले प्रस्तुत गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro