site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
रवीन्द्र केसीको ‘सम्बन्धको दोबाटो’ सार्वजनिक

काठमाडौं । प्रहरी नायब महानिरीक्षक एवम् कथाकार रवीन्द्र केसीको कथाकृति ‘सम्बन्धको दोबाटो’ एक समारोहबीच सार्वजनिक भएको छ । शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर लगायतले कथाकृति लोकार्पण गरे ।

कृति सार्वजनिक गर्दै महानिरीक्षक कुँवरले प्रहरीमा सेवारत थुप्रै सहकर्मीहरूले साहित्यमा ख्याति कमाएको स्मरण गर्दै सहकर्मीहरूबाट यसरी कृति आउनु खुसीको विषय भएको बताए ।

Argakhachi Cement Island Ad

कथाकार केसीले जीवनका विविध आयामहरू आफ्ना कथाहरूमा समेटिएको उल्लेख गरे ।

कार्यक्रममा डा. धु्रवचन्द्र गौतम, हरि अधिकारी, ज्ञानु अधिकारी, राजकुमार वानियालगायतले पनि बोलेका थिए । पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो ।

 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०८:२२
प्रतिक्रिया दिनुहोस्