site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजाका ७० प्रतिशत घर क्षतिग्रस्त
SkywellSkywell

तेल अवीव । इजरायलसँग चलिरहेको युद्धका कारण गाजा सहरका झण्डै आधा ठूला भवन र ७० प्रतिशत घरहरू क्षतिग्रस्त भएका छन् ।

टाइम्स अफ इजरायलले वाल स्ट्रिटको रिपोर्टलाई उद्धृत गर्दै जनाए अनुसार स्ट्रिपका स्याटेलाइट फोटोग्राफी र अन्य रिमोट सेन्सिङ विधिहरूको विश्लेषणका आधारमा ती तथ्य सार्वजनिक गरिएका हुन् ।

KFC Island Ad
NIC Asia

प्रतिवेदनमा उल्लेख गरिए अनुसार क्षतिग्रस्त भवनहरूमा कारखाना, प्रार्थना घरहरू, विद्यालयहरू, सपिङ मलहरू र होटलहरू  लगातय समावेश छन् ।  यता इजरायलले भने थुप्रै विद्यालय, मस्जिद र अन्य भवनहरू सैन्य उद्देश्यका लागि र गाजा आतंककारी समूहहरूले प्रयोग गरिएपछि आक्रमण गरेको बताएको छ ।

प्रतिवेदनले गाजाका ३६ वटा अस्पतालहरूमध्ये केवल आठ अस्पतालहरूले मात्र बिरामीहरूलाई सेवा दिन सक्ने अवस्थामा रहेको बताएको छ । यद्पि त्यहाँ पनि पानी, बिजुली र सञ्चार लगायतका आधारभूत पूर्वाधारहरू ध्वस्त भएको बताएको छ।

Royal Enfield Island Ad

यसैबीच, इजरायली वायुसेना र नौसेनाले गाजा पट्टीमा थुप्रै आतंकवादी कक्षहरू र पूर्वाधारहरूमा आक्रमण गरेको  इजरायली सेनालाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले उल्लेख गरेको छ।

गाजा सहरका सेनाले गत दिन विभिन्न ठाउँमा दर्जनौं आतंककारीहरूलाई मारेको बताइएको छ ।

सेनाले उत्तरी गाजाको बेट लाहियामा हमासले प्रयोग गर्ने दुईवटा भवनहरू पनि ध्वस्त पारेर  बम, बन्दुक र सञ्चार उपकरणहरू सहित ठूलो मात्रामा सैन्य उपकरणहरू जफत गरेको बताएको छ ।

टाइम्स अफ इजरायलले चिकित्सक र प्यालेस्टिनी पत्रकारहरूलाई उद्धृत गर्दै मध्य गाजामा रहेको नुसेरात शिविरमा हवाई हमला भएको बताएको छ । यस क्षेत्रमा पछिल्लो समय सैन्य हमला तीव्र भनेको छ र ठूलो जनधनको क्षति भइरहेको छ । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro