site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोविन्द पोखरेल भन्छन्– १३ लाख घर कच्ची छन्, विपद्को तयारीमा बेलैबाट लागौँ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोविन्द पोखरेलले नेपालमा वार्षिक ६ हजार घर विपदबाट नष्ट हुने भन्दै चिन्ता प्रकट गरेका छन् । 

योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका उनले पार्टीको जारी केन्द्रीय समिति बैठकमा उनले भूकम्पपश्चात्को पूर्ननिर्माणका लागि योजना प्रस्तुत गरेका छन् । नेपालमा अझै करिब १३ लाख घर कच्ची रहेको भन्दै उनले विपतपश्चात् धनजनको क्षति ब्यहोर्नुभन्दा विपद्अगावै तयारीमा जुट्नुपर्ने धारणा राखे । 

यसका लागि पोखरेलले आठ विषयमा ध्यानाकर्षण गराएका छन् । दुर्गम र असुरक्षित ठाउँबाट स्वैक्षिकरूपमा बसाइँ सर्ने २०७४मा बनाइएको कार्यविधि लागु गर्नुपर्ने धारणा राखेका छन् ।

साथै उनले हरेक घरबाट छोराछोरी विदेशिने तरखरमा भएको भन्दै युवामा देशमा केही हुन्छ भन्ने आशा हराएर निराशा बढेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro