site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
ब्राजिलमा बीवाईडी डल्फिन बन्यो सबैभन्दा धेरै पुरस्कृत विद्युतीय कार

काठमाडौं । विद्युतीय सवारी ब्रान्ड बीवाईडीको डल्फिन मोडेल सन् २०२३ मा ब्राजिलको सबैभन्दा बढी पुरस्कृत विद्युतीय गाडी बनेको छ ।

ब्राजिलमा सार्वजनिक भएको ६ महिनामा नै बीवाईडी डल्फिनले १० महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेको दाबी कम्पनीले गरेको छ ।

बीवाईडीले सन् २०२३ मा ब्राजिलमा मात्रै पाँच हजाभन्दा बढी कार बिक्री गरेको रेकर्ड बनाएको जनाएको छ ।

अन्य विद्युतीय कारको दाँजोमा बीवाईडी अब्बल सावित भएको दाबी कम्पनीले गरेको छ।

बीवाईडीका अध्यक्ष टायर लीले आफ्ना गाडीको आकर्षक डिजाइन र प्रतिस्पर्धी मूल्यले पूरै उद्योगलाई नै प्राइस पोलेसी पुनरावलोकन गर्न बाध्य बनाएको टिप्पणी गरेका छन् ।

नोभेम्बरदेखि डिसेम्बर सम्ममात्रै बीवाईडी डल्फिनले ब्राजिलमा विभिन्न १० पुरस्कार प्राप्त गरेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्