site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सन्दीपविरुद्धको मुद्दामा जाहेरवाला र सरकारी वकिलको जवाफी बहस सकियो 

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा जाहेरवाला र सरकारी वकिलको जवाफी बहस सकिएको छ । 

काठमाडौं  जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालसमा जारी बहस सकिएको हो । जवाफी बहस शुक्रबार जाहेरवाला र सरकारी वकिलबाट एक–एक जनाले गरेका थिए ।

गत आइतबारदेखि न्यायाधीश ढकालको इजलासमा जारी सुनुवाइमा आजै आदेश हुन सक्छ वा सक्दैन भनेर जानकारी गराइसकिएको छैन । 

पीडित भनिएकी गौशाला २६ (छ)को उजुरीमा अनुसन्धान गरी प्रहरीले प्रतिवेदन बुझाएपछि सन्दीपविरुद्ध ०७९ कात्तिक १४ गते जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । त्यस बेला पुर्पक्षका निम्ति थुनामा पठाउने आदेश भएको थियो । त्यसपछि सन्दीप देशबाहिर जान नपाउने तर स्वदेशमा हुने प्रतियोगितामा भाग लिन पाउने उच्च अदालतको आदेशबाट थुनामुक्त भएका थिए ।

उच्च अदालतको आदेशविरुद्ध सन्दीपले पुनः सर्वोच्चमा पुनरावेदन गरेका थिए । त्यसपछि सर्वोच्चले अनुमति लिएर खेल्न विदेश समेत जान पाउने आदेश गर्‍यो । आदेशसँगै उनी खेल जीवनमा नियमित छन् ।

सन्दीपको मुद्दामा यसअघि पटक–पटक अन्तिम भन्दै इजलास तोकिए पनि सुनुवाइ हुन सकेको थिएन ।

पीडित भनिएकी गौशाला २६ (छ)को उमेर यकिन गर्न यसअघि पटक–पटक आदेश गरिएको छ । जिल्ला अदालतका तत्कालीन एक नम्बर न्यायाधीश राजु खतिवडाको इजलासले त गएको साउनमा ‘पीडित’की आमाकै उमेर यकिन गर्ने आदेश गरेको थियो । उनकी आमाको उमेर एक ठाउँमा २०३५ र अर्कोमा ०५३ भएको पाइएको थियो ।

गएको कात्तिक २३ मा न्यायाधीश केशवराज घिमिरेको इजलासले मंसिर २२ गतेभित्र दुवै पक्षका वकिलहरूलाई लिखित बहस नोट पेस गर्न आदेश गरेको थियो । मंसिर २४ मा न्यायाधीश पदमराज पाण्डेको इजलासमा पेसी चढे पनि सन्दीपका वकिलले स्थगित गरेका थिए । दुवै पक्षको बहस नोट पेस गरिएकाले अब संक्षिप्त सुनुवाइ सकिएपछि फैसला गरिनेछ ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro