काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सविरुद्ध १० खेलाडीमा खेलिरहेको ललितपुर सिटी एफसीले पहिलो हाफमा १–० को अग्रता बनाएको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा इमोन इजेकेइलले गोल गर्दै ललितपुरलाई अग्रतामा राखेका हुन् । पहिलो हाफको इन्जुरी समयमा इमोन इजेकेइलले गोल गर्दै ललितपुरलाई अग्रतामा राखे । पापा इबोउ केबेले रक्षापंक्तिबाट निकालेको लामो क्रसलाई नियन्त्तणमा लिँदै १० ले दुई डिफेन्डरमाझबाट गोल गरे ।
त्यसअघि ३४औँ मिनेटमा निखिल सुरेसराओ कदमले दोस्रो पहँलो कार्डपछि रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिँदा ललितपुर सिटी एफसी पहिलो हाफमै १० खेलाडीमा सीमित बनेको थियो । पोखराका आयुश घलानमाथि फाउल गरेपछि निखिलले दोस्रो पहेँलो कार्ड पाएका थिए । त्यसअघि उनले २४औँ मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थिए ।
यसअघि पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पराजित भएपछि पोखराले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।
यता, ललितपुरले भने इलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्सविरुद्ध ३–० को जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । आजको खेलमा जित निकाल्ने टिमले उपाधिका लागि साविक उपविजेतासमेत रहेको धनगढीसँग खेल्ने छ । धनगढीले पहिलो क्वालिफायरमा पोखरालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।