site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सिटीको पुनरागमन जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा अग्रता जोगाउन नसक्दा एभर्टनले साविक विजेता म्यानचेस्टर सिटीसँग ३–१ को हार व्यहोरेको छ ।

बुधबार राति घरेलु मैदान गोडिसन पार्कमा ज्याक ह्यारिसनको गोलमा एभर्टनले अग्रता बनाएको थियो । ह्यारिसनले खेलको २९औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रतामा राखेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

५३औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई बराबरीमा फर्काए । ६४औँ मिनेटमा हुलियन आल्भारेजको गोलमा सिटीले २–१ को अग्रता बनाएको थियो । खेलको निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा बर्नार्डो सिल्भाले गोल गरेपछि सिटीले ३–१ को जित निश्चित गरेको हो ।

जितसँगै १८ खेलबाट ३७ अंक जोडेको सिटी तालिकाको चौथो स्थानमा उक्लिएको छ । सिटी शीर्ष स्थानको लिभरपुलभन्दा पाँच अंकले पछाडि छ । १९ खेलबाट ४२ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ ।

Global Ime bank

१९ खेलबाट १६ अंकको एभर्टन १७औँ स्थानमा छ । एभर्टन लिगको रेलिगेसन क्षेत्रभन्दा एक अंकले मात्र अगाडि छ । रेलिगेसन क्षेत्रमा रहेको लुटोन टाउनको १८ खेलबाट १५ अंक छ ।

प्रिमियर लिगअन्तर्गत बुधबार नै भएका अन्य खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २–१ ले र वुल्भ्सले ब्रेन्टफोर्डलाई ४–१ ले हराए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !