राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बुधबारदेखि ललितपुरस्थित कान्तिपुर गार्डेनमा सुरु भएको बैठक आज पनि बस्ने भएको हो ।
आजको बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरूले विधान संशोधनका विषयमा धारणा राख्नेछन् । विधान संशोधनबारे ११ वटा प्रश्नमाथि धारणा राख्न केन्द्रीय सदस्यहरूले सुरु गरेका छन् । हिजोको बैठकमा १५ जना सदस्यले धारणा राखेका थिए ।
केन्द्रीय सचिव तथा कार्यालय सचिव जीवनराम श्रेष्ठका अनुसार एकजना केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८० ०६:२९
प्रतिक्रिया दिनुहोस्