site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अध्यादेशबाट भए पनि प्रदेशलाई अधिकार दिन समाजवादी मोर्चाको सुझाव

काठमाडौं । समाजवादी मोर्चाले प्रदेशलाई दिनुपर्ने अधिकार अध्यादेश ल्याएर भए पनि दिनुपर्ने सुझाव दिएकाे छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यस्तो सुझाव दिएको हो । 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्रप्रसाद श्रेष्ठले बैठकले हालसम्म भएका कामको समीक्षा गरेको र मोर्चाका कामको बारेमा जानकारी गराइएको बताए । उनले सरकारको तर्फबाट भ्रष्टाचारविरुद्ध अभियान चलाएर इतिहासमै राम्रो काम गरेको भन्दै धन्यवाद दिएको बताए । संघीयता, धर्मनिरपेक्षलगायतमा देश बाहिरका र भित्रका केही शक्ति लागेको बैठकले निष्कर्ष निकालेको बताए । 
 
“अहिले जे जति उपलब्धि हासिल भएको छ, त्यो उपलब्धिलाई संरक्षण गर्दै अझ थप उपलब्धि प्राप्तिका लागि जानुपर्छ, संघीयता कार्यान्वयनका लागि सरकार अग्रसर भएर दृढतापूर्वक उभिनुपर्छ,” उनले भने, “प्रदेशलाई दिनुपर्ने अधिकार नदिँदा प्रदेश बोझ भयो भन्ने सन्देश प्रवाह भइरहेको छ । यसलाई कार्यान्वयन गर्न पनि समाजवादी मोर्चाले सल्लाह गरेको छ । अध्यादेश नै ल्याएर भए पनि यो कार्यान्वय गर्नुपर्छ भन्ने हामीले सुझाव दिएका छौँ ।” 

बैठकमा जिल्लामा गठन हुन बाँकी जिल्ला संयोजन समिति गठन गर्ने र मुख्य सहरहरूमा संघीयता, धर्मनिरपेक्षलगायत विषयमा उठेका सवालहरू चिर्नेगरी कार्यक्रम गर्नेबारे छलफल भएको जानकारी दिए । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro