site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २०० रुपैयाँ बढेको हो ।

छापावाल सुन तोलामा एक लाख २० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । यसदिन चाँदी एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ११:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro