काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको मूलपानी, विराटनगर, कैलालीको फाप्ला र चितवनको गौतमबुद्ध क्रिकेट रंगलाशालालाई राष्ट्रिय गौरवका रूपमा निर्माण गरिने बताएका छन् ।
मंगलबार सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
त्यस्तै, कीर्तिपुरको रंगशालालाई पीपीपी मोडलमा विस्तार गरिने पनि उनले बताए । “कीर्तिपुर रंगशालालाई पीपीपी मोडलमा विस्तार गरिँदैछ भने मूलपानी, विराटनगर र कैलालीको फाप्ला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा निर्माण गरिँदैछ,” उनले भने, “चितवनको गौतमवुद्ध रंगशालालाई पनि राष्ट्रिय गौरवकै आयोजनका रूपमा तीन तहकै सरकारको समन्वयमा अगाडि बढाइँदैछ ।”