site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जेलबाट छुट्ने दिन मोरङमा कैदीको मृत्यु
Tiktok banner adTiktok banner ad

विराटनगर । मोरङ कारागारमा विराटनगर– १० का ४८ वर्षीय कैदी चण्डेश्वर सहनीको मृत्यु भएको छ । सहनीले भुक्तान गर्नुपर्ने कैद अवधि आजै सकिँदै थियो । तर, कारागार बाहिर निस्कने दिन नै उनको मृत्यु भएको हो । 
 
जेल प्रशासनका अनुसार उनका ‘पेट दुख्ने र श्वास प्रश्वाससम्बन्धी समस्या देखिएको थियो । दुई दिनअघि मात्र विराटनगरस्थित कोसी अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा सोमबार बिहान पौने ७ बजे उनको निधन भएको मोरङ कारागारका निमित्त जेलर कृष्णहरि न्यौपानेले बताए ।
 
परिवारका अनुसार सहनी २०७९ माघ १७ गतेदेखि कैद भुक्तान गर्दै आएका थिए । लेनदेन मुद्दामा जिल्ला अदालत मोरङले २०७८ मंसिर २० गते १० महिन २२ दिन कैद सजायको फैसला गरेको थियो । उनी २०७९ माघ १७ गते पक्राउ परेका थिए । त्यसअघि फरार थिए ।

परिवारले भने स्वास्थ्यमा समस्या आएपछि पनि जेल प्रशासनले जानकारी नगराउँदा राम्रो अस्पतालमा लगेर उपचार गर्न नपाएको गुनासो गरेको छ ।  यसअिघ मोरङको लेटाङ नगरपालिका–४ का ३७ वर्षीय कैदी केशरबहादुर भुजेलको पनि मृत्यु भएको थियो । त्यो घटना शंकास्पद भएको भन्दै परिवारले शव नउठाएपछि जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको थियो । 

मोरङ कारागारमा एक हजार ४४ जना कैदीबन्दी छन् । तीमध्ये पुरुष ९४८, महिला ८९ र नावलक ७ जना छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro