अर्थ व्यवसाय

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो पाँच महिनामा नेपालले १३ अर्ब ५९ करोड ९५ लाख ६१ हजार रुपैयाँको स्मार्टफोन आयात गरेको छ ।
भन्सार विभागका अनुसार २०८० साउन, भदौ, असोज, कार्तिक र मसिंरमा नेपालले उक्त रकम बराबरको स्मार्टफोन आयात गरेको हो ।
पछिल्लो पाँच महिनामा नेपालले ९ लाख दुईहजार ९८१ थान स्मार्टफोन आयात गरेको छ ।
यस्तै, सोही अवधिमा नेपालले ५१ करोड ९३ लाख ७३ हजार रुपैयाँको सेलुलर नेटवर्क वा अन्य वायरलेस नेटवर्कका लागि टेलिफोनहरू खरिद गरेको छ ।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको पछिल्लो पाँच महिनाको आयात/निर्यात विवरणमा ६ लाख ६४ हजार ८९९ त्यस्ता उपकरण आयात गरेको उल्लेख छ ।
प्रकाशित मिति: आइतबार, पुस ८, २०८० १७:३९
प्रतिक्रिया दिनुहोस्