site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संकल्प यात्रामा कति खर्च भयो ? ओली भन्छन्– एमालेबाहेक अरुले यस्तो कार्यक्रम गर्न सक्दैन 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले झुलाघाट–चिवाभञ्याङ संकल्प यात्रा जस्तो कार्यक्रम अरु कसैले गर्न नसक्ने जिकिर गरेका छन् । उनले मंसिर १४ देखि पुस १ गतेसम्म सञ्चालन भएको अभियानको खर्चबारे पत्रकारको प्रश्नमा त्यस्तो बताएका हुन् । 

“केन्द्रीकृत गर्ने हो भने आश्चर्यजनक हो,” ओलीले जिकिर गर्दै भने, “एमालेबाहेक अरु कसैले यस्तो कार्यक्रम गर्न सक्दैन ।” 

Argakhachi Cement Island Ad

उनले केन्द्रीय तहबाट नै खर्च व्यवस्थापन गरिएको भए ५० करोडभन्दा माथि पुग्ने बताए । “यस्तो यात्रा केन्द्रीय तहबाट, सरकारी तबारबाट गर्ने हो भने कति करोडको खर्च पुग्छ पुग्छ भनिसाध्य छैन । ५०औँ करोडभन्दा माथि जान सक्छ ?,” ओलीले भने । तर, एमालेले खर्चका लागि कार्यकर्तामा नै भर परेको सुनाए । 

“हामी जम्माजम्मी जनतामा भरपर्यौं । कार्यकर्तामा भर पर्यौं । तलै भर पर्यौं । उहाँहरूले म्यानेज गर्नुभयो । प्रदेश कमिटीले सहयोग गरे । जिल्ला–जिल्लाले सहयोग गरे,” उनले भने । 

उनले धादिङको सल्यानटारमा भएको खाना खर्चको उदाहरण दिए । “धादिङको सल्यानटारमा खानामा भएको खर्च तीन लाख ९८ हजार ३३२ मध्ये एक लाख ८४ हजार ६७० बराबरको खाद्यान्न, तरकारी, फलफूल जनसहभागिताबाटै जुटाइएको थियो,” ओलीले सुनाए ।
 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्