site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल स्थगित

काठमाडौं । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधनकर्तासँग राखिएको आजको छलफल स्थगन भएको छ । 

संसद्को कानुन न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा ६२ जना संशोधनकर्तामध्ये २० जनालाई छलफलका लागि बोलाइएको थियो । तर, संशोधनकर्ताले सबै संशोधनकर्तालाई एकैपटक बोलाएर छलफल गर्नुपर्छ भन्ने कुरा उठाए । 

सांसदहरू डीपी अर्याल, रघुजी पन्त, अमरेशकुमार सिंह, गणेश पराजुली लगायतले सो माग उठाएपछि सभापति विमला सुवेदीले बैठक स्थगित गरेकी हुन् । अर्को बैठक पुस १६ गते ११ बजे बैठक बस्नेगरी बोलाइएको छ ।

सभापति सुवेदीले ५५ जनालाई बोलाउँदा १९ जनामात्र आउँछु भनेर खबर गरेको जानकारी दिइन् । 
 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्