site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्युरो बैठक स्थगित

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा सुझावसहितको विधान संशोधन प्रस्ताव पेस गरिने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकबाट यस्तो निर्णय गरिएको हो ।

विधान संशोधन प्रस्तावमाथि प्राप्त सुझाव र संशोधन समेत समावेश गरेर यही पुस ११, १२ र १३ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गर्ने निर्णय गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

आउँदो जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने पार्टीको महाधिवेशनका क्रममा विधान संशोधन गर्न संगठन विभाग प्रमुख बेदुराम भुसालको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिले तयार पारेको प्रस्ताव केन्द्रीय कमिटी, राष्ट्रिय सम्मेलन हुँदै महाधिवेशनमा पेस गर्ने तयारी छ ।

यस्तै, पुस ९ र १० गते बस्ने भनिएको स्थायी कमिटी र पोलिटब्युरो बैठक स्थगित गरिएको छ । उक्त बैठकलाई केन्द्रीय कमिटी बैठकमा नै समायोजन गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

विभिन्न प्रकारका नसर्ने रोगले आक्रान्त गराइरहेको अवस्थामा एकीकृत समाजवादीले पार्टीका नेता–कार्यकर्तालाई जीवनपर्यन्त गरिने अंगदान गर्न सावर्जनिक आह्वान गर्ने निर्णय गरिएको खतिवडाले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  २०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro