site stats
बाह्रखरी :: Baahrakhari
विदेश
म्यानमारमा ६३.५ किलो कच्चा अफिम बरामद
फाइल तस्बिर ।

यांगुन । म्यानमारको मन्डले र सागिङ क्षेत्रबाट ६३.५ किलोग्राम कच्चा अफिम बरामद गरिएको छ ।

लागुऔषध दुरुपयोग नियन्त्रणका निम्ति केन्द्रीय समितिले शनिबार जारी गरेको विज्ञप्तिअनुसार गोप्य सूचनाका आधारमा लागुऔषधविरोधी कारबाहीका क्रममा प्रहरीले शुक्रबार मण्डले क्षेत्रको आङम्यायथाजान टाउनसिपमा रहेको बस स्टेसनमा एक महिलाको पार्सलको खोजी गरी ४५.५ किलो कच्चा अफिम बरामद गरेको हो ।

Argakhachi Cement Island Ad

प्रहरीले शुक्रबारै सागाङ क्षेत्रको सागाङस्थित यादनाबोन पुलनजिक एउटा यात्रीवाहक गाडीमा खोजतलास गर्दा १८ किलो काँचो अफिम बरामद गरेको छ । सो घटनामा दुई महिला पक्राउ परेका छन् ।

बरामद लागुऔषधको अनुमानित मूल्य करिब ६७.९५ मिलियन क्याट (३२,३५७ अमेरिकी डलरभन्दा बढी) रहेको बताइएको छ ।

पक्राउ परेका संदिग्ध व्यक्तिहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्