site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विपीन जोशीको रिहाइका निम्ति ‘कूटनीतिक प्रयास जारी’
एनपी साउद । फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको बताएका छन् ।

न्युज लाइन्स मिडियाको आठौँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयको गोष्ठीमा उनले २०४७ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा ठूलो परिवर्तन आएको बताए ।

“प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता संस्थागत भएको छ । प्रजातान्त्रिक मुलुकमा पत्रकारितालाई चौथो अंगका रूपमा राज्यले मान्यता दिएको छ,” परराष्ट्रमन्त्रीले भने ।

उनले संविधान जारी गरेपछि तीनै तहका निर्वाचन गरेर सरकार लोकतन्त्रलाई सुदृढ तुल्याउन क्रियाशाील भएको बताए  । उनले जलवायु परिवर्तनको मुद्दा र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याएको विषयमा नेपालले विश्वसँग स्पष्ट ढंगले कुरा गरेको स्पष्ट पारे ।

फरक प्रसंगमा परराष्ट्रमन्त्रीले आतंकवादी समूह हमासको अपहरणमा परेका विपीन जोशीको सकुशल मुक्तिका निम्ति सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताए ।

नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वस्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले राज्य सञ्चालनमा धेरै समस्या भएको भन्दै ती समस्या समाधान गर्न सरकार लाग्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य देवेन्द्र प्रधानले समुन्नत मुलुक निर्माणको ‘एजेन्डा’ नेपाली सञ्चारमाध्यमले उठाउनुपर्ने बताए । रासस

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro