site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विराटनगरमा राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन 

विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर आउँदै छन् । नेपाल उद्योग परिसंघ कोसी प्रदेशले आयोजना गरेको प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पौडेल बिहान ११ बजे विराटनगर आइपुग्ने कार्यक्रम छ । 

राष्ट्रपति पौडेलले विराटनगरस्थित होटेल सिटी प्यालेसमा केही समय भेटघाट गर्नेछन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन समेत हुने संघका कोसी प्रदेश अध्यक्ष भीम घिमिरेले बताए ।

उनले भने, “कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनमा सक्रिय तथा योगदान दिएका योद्धाहरूलाइ राष्ट्रपतिले सम्मान गर्नु हुनेछ।” पौडेल आजै काठमाडौ फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ०८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro