site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी सभामा मन्त्रीको जवाफ– नामकरणको मागमा वार्ता टोली गठन भएको छैन

विराटनगर । कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सदनमा सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिएका छन् । शुक्रबार बसेको प्रदेश सभा बैठकमा विभिन्न दलका सांसदहरूले सरकारले गर्दै आएका काम तथा जनसरोकारको विषयमा उठाएको प्रश्नको जवाफ दिएका हुन् ।

मन्त्री राईले सुनसरीको बर्जुस्थित रामजानकी मन्दिरको जग्गा व्यक्तिले भोगचलन गरेको विषयमा जिल्ला प्रशासन कार्यालयबाट यथार्थ बुझ्ने काम भएको जवाफ दिए ।

“घटनाबारे सुनसी जिल्ला प्रशासनले छानबिन गरिहेको छ । जग्गा २०४० सालमा दाताबाट प्राप्त भई हस्तान्तरण भएको भन्ने जानकारी प्राप्त भएका र यथार्थ बुझ्ने थप काम भइरहेको छ,” उनले भने । 

कांग्रेस सांसद इस्राइल मन्सुरीले जाडोबाट प्रभावितलाई के गरिँदैछ भनि गरेको प्रश्नको जवाफ दिँदै मन्त्री राईले जाडोबाट सर्वसाधारण प्रभावित भए तत्काल सेवा दिन सरकारले तयारी गरेको बताए ।

एमाले सांसद कमला दर्नालले उर्लाबारी नगरपालिका वडा नम्बर ३ की शोभा सुन्दासलाई महिला जागृति आश्रम बुढीगंगा गाउँपालिका मोरङले बस्न नदिएको र जातीय अपमान गरेको भन्दै प्रश्न गरेकी थिइन् । यो घटनामा मंसिर ३० गते मुद्दा दर्ता भएको जानकारी गराउँदै मन्त्री राईले भने, “जिल्ला प्रहरी मोरङले विराटनगर महानगरपालिका वडा नम्बर २ घर भई जागृति आश्रम सञ्चालन गर्ने वर्ष ८१ की भुवनेश्वरी आचार्यलाई जातीय तथा अन्य छुवाछुत कसुर ऐनअनुसार अनुसन्धान गरी अभियोग पत्रसाथ अदालत पेस गरिसकेको छ ।”

माओवादी सांसद गम्बु शेर्पाले प्रदेश सरकारलाई प्रहरी किन अहिलेसम्म हस्तान्तरण नगरेको भन्दै सदनमा उठाएको जिज्ञासा जवाफ दिँदै मन्त्री राईले तत्काल प्रहरी हस्तान्तरण गर्न सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीले माग गरेको जानकराी गराए ।

मंसिर १२ गते मुख्यमन्त्री केदार कार्कीले आफू बिनाविभागीय मन्त्री रहेका बेला जिम्मेवारी दिएर कोसी सरकारको तर्फबाट प्रतिनिधित्व गर्ने जिम्मेवारी दिएर काठमाडौंमा सबै प्रदेशका आन्तरिक मामिला तथा कानुन मनत्रीस्तरीय बैठक बसी संघ सरकारको प्रधानमन्त्री र गृहमन्त्रीलाई लिखित ध्यानाकर्षण गराएको बताए । 

“भेटका क्रममा प्रधानमन्त्रीज्यूबाट प्रदेशमा छिट्टै समायोजन हुने र संघ सरकार गम्भीर भएर लागेको जानकारी गराउनुभएको थियो,” उनले भने ।

प्रदेश नामकरणविरुद्ध भइरहेको आन्दोलन सम्बोधन गर्न कोसी प्रदेश मन्त्रीस्तरीय वार्ता समिति गठन गरी माग सम्बोधन गर्न के भइरहेको छ भनी सदनमा उठाइएको जिज्ञासाको जवाफ समेत मन्त्री राईले दिएका छन् । नामकरणको सवालमा उठेका जिज्ञासाबारे मन्त्रीपरिषद्‌मा पर्याप्त छलफल भइरहेको तर वार्ता टोली भने गठन भइनसकेको सदन समक्ष जानकारी गराए । 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro