site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीका सांसदहरूको माग– गाँजा खोती खोलौँ, निःशुल्क औषधि वितरण बढाऔँ

विराटनगर । कोसी प्रदेश सभाका सांसदहरूले गाँजा खेती खुलाउनुपर्नेदेखि सरकारले नि:शुल्क औषधि वितरण गर्नुपर्नेसम्मका माग गरेका छन् । 

शुक्रबार बसेको बैठकमा एमाले सांसद कमला थापा मगरले झापाको बिर्तामोड मुक्ति चोकमा आकाशे पुल नभएर पटकपटक बाटो काट्ने बटुवाहरू दुर्घटनामा पर्ने गरेको बताइन् । “त्यहाँ आकाशे पुलको आवश्यकता छ । यसको अभावमा दुर्घटना हुँदा सर्वसाधारणले ज्यान गुमाउनुपरेको छ,” उनले भनिन् ।

उनले सरकारले दिने गरेको निःशुल्क औषधि सर्वसाधारणले सहजै नपाउने गरेको पनि बताइन् । त्यसैगरी कुरुवा महिलाका लागि अस्पतालमा स्तनपान कक्ष र बालबच्चाका लागि आराम कक्ष बनाउनुपर्ने भन्दै थापाले सरकारको ध्यानाकर्षण गराइन् । 

एमालेकै सांसद रमेशकुरमा बस्नेतले सरकारले अनुदान दिएका अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागु गरिए पनि सहजरूपमा औषधि नपाइने गरेको बताए ।

“ज्येष्ठ नागरिकमा पनि यो लागु छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिमा बन्द हुने अवस्था आएको भन्ने हल्ला चल्दा सेवाग्राही त्रासमा परेका छन् । व्यवस्थित गर्न जरुरी छ । सरकारले तोकेका औषधि जो बिमाको रकमबाट उपलब्ध गराइन्छ त्यो हुन सकेको छैन,” उनले भने ।

उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो व्यवस्थापन आफैँ गर्ने प्रबन्ध भएको तर चिकित्सा शिक्षा आयोगले नियमन र मातहत राख्ने प्रयास गरेको बताए । भौतिक सुविधा र शिक्षक सेवा हुँदाहुँदै पनि पठनपाठन हुन नसकेको उनको भनाइ छ ।

एमाले सांसद रामदेव यादवले बर्जु गाउँपालिकाको रामजानकी मन्दिरको जग्गा व्यक्तिले हडपेको भन्ने विषयमा सत्यता नभएको दाबी गरे । “सत्यतथ्य छानबिन गर्दा त्यो विषयमा सत्यता छैन । ९ कठ्ठा ईश्वरी मायादेवीले मन्दिरलाई दान दिएको हो । गाउँपञ्चायतका बिहारी कामतसमेतको स्वीकृतिमा मन्दिरको जग्गा भेलिदेवी यादवलाई दिने र सट्टामा ९ कठ्ठा जग्गा मन्दिरको नाममा पास गरिदिने मालपोतको आलेख रहेको छ,” उनले भने, “स्रेस्ता प्रमाण कायम छ । कसैले हडपेको देखिएको छैन । मन्दिरको नाममै रहेको छ । मन्दिर बनेर पूजापाठ चलिरहेको छ । कसैले हकदाबीसमेत गरेको छैन ।” 

कांग्रेस सांसद विनोद राईले गाँजा खेती खुलाउनुपर्ने माग राखे । “कानुबाट बन्चित गरेर भन्दापनि खोलेर उत्पादन तथा बिक्री गर्न सकिने जनमाग रहेको छ । यसबाट कपडा तथा औषधिसमेत बन्ने भएकाले वैधानिक बाटो खोल्नुपर्छ,” उनले भने ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro