site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आजियाटाका सीईओलाई दिएको समय सकियो, संसदीय समितिले पाएन जवाफ

काठमाडौं । संसद्‌को अर्थ समितिले आजियाटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक सुदलाई पत्र लेखेर चार दिनभित्र जवाफ दिन भनेको थियो । तर, समितिले दिएको समय बितिसक्दा पनि सुदबाट जवाफ आएको छैन ।

अर्थ समितिका सभापति सन्तोष चालिसेका अनुसार समितिले चार दिनअघि आजियाटाका सीईओलाई एनसेल खरिदबिक्रीको सम्झौतासम्बन्धी कागजात लिएर समितिमा उपस्थित हुन भनेको थियो ।

अहिले समिति पत्रको जवाफ कुरिरहेको चालिसेले बताए । “आजियाटाको सीईओलाई सम्झौतापत्र नै लिएर आउन भनेर पत्र काटिएको छ । अहिले हचुवामा कुरा भइरहेका छन् । लिखित नै लिएर आउन चार दिनको समय दिइएको छ,” उनले भने, “तर, आजसम्म खबर केही पनि आएको छैन ।”

आजैमात्र मलेसियास्थित नेपाली राजदूतावासले समेत कम्पनीलाई पत्र पठाएको छ ।

"मलेसियाको राजदूतावासबाट पनि आज पत्र गएको छ । जवाफ भरे वा भोलिसम्म आउँछ कि भन्ने छ," उनले भने ।

आधिकारिक पत्र प्राप्त नभएसम्म अरूसँग बसेर औचित्य नभएको उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro