site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मन्त्री फेरेर भए पनि कामलाई गति दिनेछु : प्रधानमन्त्री 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिइने बताएका छन् ।

शुक्रबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित पार्टीको सभामा उनले आफूले सरकारको नेतृत्व लिएको दोस्रो वर्षदेखि नयाँ ढंगले काम गर्ने बताए । प्रतिबद्धता पूरा नगरेका मन्त्री फेरिने उनले उल्लेख गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

“आफूले सहमति व्यक्त गरेर प्रतिबद्धता जनाएका कतिपय काम पनि पूरा गरेका छैनन् । त्यस्ता मन्त्रालयको पुनर्गठन, मन्त्री फेरेर भए पनि कामलाई गति दिने प्रतिबद्धता व्यक्त गरेको छु,” उनले भने ।

उनले आफूले प्रधानमन्त्रीका रूपमा तेस्रोपटक जिम्मेवारी लिएपछि सुशासन र सामाजिक न्यायको पक्षमा काम गरेको जिकिर गरे ।

Global Ime bank

“मैले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको एक वर्ष पुग्दै छ । योबीचमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा, राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा बढाउने पक्षमा धेरै भूमिका खेलेको छु,” प्रधानमन्त्रीले भने ।

उनले जिम्मेवारी सम्हालेको एक वर्ष पुुगेको अवसरमा सम्बोधन गर्ने तयारी गरिएको जानकारी गराए । उनले वर्तमान सरकारको नेतृत्व गरेको यही पुस १० गते एक वर्ष पुग्दै छ ।

“एक वर्ष पुगेको दिन जनता र राष्ट्रको पक्षमा एउटा ठूलो सम्बोधन गर्दै छु । त्यो सम्बोधनमा सबै ती सबै कुरा उल्लेख हुनेछन् । अर्को वर्ष नयाँ ढंगले काम सुरु गर्ने । मैले जहिले पनि निरन्तरतामा क्रमभंग गर्दै विकास गर्ने कुरा गर्दै आएको छु,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !