site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लोकतन्त्र मास्न सकिन्छ भनेर कांग्रेसमाथि चौतर्फी प्रहार भयो : शेखर कोइराला
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र मास्न चाहनेहरूले पार्टीमाथि चौतर्फी आक्रमण गरिरहेको बताएका छन् ।

बिहीबार सुनसरीको इनरूवामा आयोजना भएको बृहत कार्यकर्ता भेला तथा अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस कमजोर भए लोकतन्त्रको भविष्य कमजोर हुने धारणा राखे ।

Prabhu Bank
Agni Group
NIC Asia

“कांग्रेस कमजोर बनाएपछि मात्र लोकतन्त्र समाप्त गर्न सकिन्छ भन्ने कुरा उनीहरूलाई थाहा छ । त्यसैले केही शक्तिहरूले कांग्रेस पार्टीलाई चौतर्फी घेराबन्दी गरेर आक्रमण गरिरहेका छन्,” उनले भने ।

नेता शेखर कोइरालाले पार्टीभित्र गुटउपगुट हाबी हुनेभए पार्टीमाथि आक्रमणकारी शक्तिलाई थप मलजल हुने धारणा राखे ।

Global Ime bank

“म पनि एउटा गुटलाई प्रतिनिधित्व गर्छु । मैले गर्ने गुट भनेको वैचारिक हो,” उनले थपे, “महाधिवेशनमा गुट देखिनु स्वभाविक हो । तर, गुटकै कारणले चुनाव हराउने काम भइरहेका छन् । यो एकदमै गलत भइरहेको छ यसलाई बहिस्कार गर्नुपर्छ ।” कांग्रेस भन्ने तर, आफूइतर गुटले टिकट पाए चुनाव हराउन लाग्नेलाई पार्टीमा स्थान दिइरहनु उपयुक्त नहुनेमा डा. कोइरालाले जोड दिए ।

फरक प्रसंगमा उनले नेतृत्वको कार्यशैलीका कारण व्यवस्थामाथि प्रश्न उठिरहेको बताए ।

“नेतृत्वको कार्यशैलीप्रति वितृष्णाका कारण सडकमा मानिसहरू देखिएका छन् । गणतन्त्र र संघीयताविरुद्ध नाराहरू घन्कीन थालेका हुन्,” उनले थपे, “नेतृत्वमा बस्नेहरूको कार्यशैलीका कारण जनता आजित भएर विकल्पको खोज्नुपर्छ भनेका हुन् । हामी सुध्रिए गणतन्त्र र संघीयता मजबुद हुन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !