site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संस्कृतिमन्त्री किरातीले भने– म सबैको अभिभावक हुँ, सबै अस्तित्वको सम्मान गरौँ
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले 'अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गर्नुपर्ने' जोड दिएको बताएका छन् ।

उनले आफू सबैको अस्तित्व स्वीकार गर्नुपर्ने पक्षमा रहेको पनि बताएका छन् । "फेरि पनि भन्छु, अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको सम्मान गर्छु र सबैले गरौँ । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो," बिहीबार सामाजिक सञ्जालमा उनले लेखेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

"भन्‍नलाई त मलाई; पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिस्ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिस्टियनको कार्यक्रममा जाँदा क्रिस्टियन भने," उनले भनेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पर्यटनमन्त्री किरातीले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक देश भएकाले कसैको डरत्रासमा बस्न नहुने बताएपछि उनी विवादित बनेका छन् ।

Global Ime bank

"कसैको दायामायाले होइन, हजारौँ सहिदको बलिदानले लेखेको संविधानको बगैँचामा तपाईंहरू एकथरि फूल हो । तपाईंहरूबिना बगैँचाको शोभा हुँदैन । तीन करोड नेपालीमा लाखौँ क्रिश्चियन भइसकेका छन् । क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो । संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने, जेलमा हाल्ने हो," उनले भनेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement